- थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गरे का छन् ।
- भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई थप कमजोर बनाउन ‘विभिन्न शक्ति केन्द्र’बाट अझै चलखेल भइरहेको बताएका छन् । तर, त्यस्ता सबैखाले चलखेललाई परास्त गरेर हालै सम्पन्न पार्टी महाधिवेशनमार्फत एकढिक्का भएर अघि बढेको उनले बताए ।
- सरकारले यो वर्ष ३१७ वटा म्यानपावर कम्पनीलाई खारेज हुनबाट जोगाएको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐनको व्यवस्था अनुसार तोकिएको संख्यामा श्रमिक नपठाएका कारण खारेजीमा जाने कम्पनीलाई चौंथोपटक नवीकरण्को मौका दिने गरी निर्णय गरेको हो ।
- जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्ध बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।
- नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्बाट विधेयक समेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो ।
- गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको शुक्रबार अनुगमन निरीक्षण गरेका छन् । भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको भौतिक संरचना निर्माणको अवस्था अनुगमन गरी उनले प्रगतिबारे जानकारी लिएका हुन् ।