मधु पौडेल
नेपाली कांग्रेसका सहमहामन्त्री एवं संघीय सांसद किशोर सिंह राठोरले किसानका हरेक समस्या समाधानका लागि आफु लागि परेको बताए छन् । नेपाल किसान महासंघ जिल्ला कार्य समिति बाँकेको घोषणासभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री राठोरले बाँके तथा बर्दियाका किसानलाई सम्बोधन हुने गरी कार्यक्रम अगाडि बढाएको बताए ।
‘मैले किसानको विषयमा रहेको भूमि, सिंचाई तथा खानेपानीको विषयमा कार्यक्रम अगाडि बढाएको छु’, उनले भने, ‘बाँकेका किसानले अब धेरै चिन्ता लिनु पर्दैन, मैले तपाईहरूको लागि नै काम गर्ने हो, मैले मलखादको उद्योग स्थापना गर्छु भन्न सक्दैन तर मैले गर्ने मेरो सामर्थले भ्याएसम्म गर्नेछु गरी पनि रहेको छु ।”
काँग्रेसका नेता समेत रहेका राठोरले भने, ‘अझै पनि कृषकलाई मलखाद विउको समस्या रहेका छ, तर उहाँहरूले आफ्नो कृषिलाई बढाउनका लागि गर्ने हरेक क्रियाकलापमा स्थानीय प्रशासनको सहयोग हुनु पर्दछ, यदी कुनै कृषकलाई विउ ल्याउँदा होस अथवा मलखाद ल्याउन स्थानीय प्रशासनले दुःख दिनु हुदैन, यस्तो गरिएको छ भने तत्काल बन्द गर्नु होला ।’
नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले नेपाल किसान महासंघ वर्गिय हक र हितका लागि गठन गरिएको हँुदा आफ्नो माउ पार्टीलाई समेत खबरदारी गर्दै आफ्नो वर्गिय हित र अधिकारका लागि लड्नु पर्ने बताए । उनले भने, ‘नेपाल किसान महासंघ नेपाली कांग्रेस निकट भएता पनि पार्टीले गरेका कामहरू यदी किसान विरुद्ध हुन आउँछन् भने आफ्नो वर्गिय हक र अधिकारका लागि लड्न पछि पर्नु हुँदैन ।’
लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले आफु बन मन्त्री भएको भएता पनि अन्य मन्त्रालयसँग समन्वय हुने भन्दै किसानका समस्या आफु कहाँ आए समाधानका लागि पहल गर्ने बताए ।
नेपाली कांग्रेस बाँके सभापति नारायण गौडेलले नेपाली कांग्रेसले आफ्ना नीति तथा कार्यक्रममा कृषक तथा कृषिका विषयलाई प्राथमिकतामा पार्नु पर्ने बताउँदै भने, ‘किसान भनेको मध्यम वर्गिय जनसमुदाय कृषिमा निर्भर गर्ने गर्दछ जुन कुरा नेपाली कांग्रेसको नीति तथा कार्यक्रममा प्राथामिकतामा पार्दै प्रभावकारी ढंगले कार्यान्वयन गर्नु पर्दछ,यसमा नेपाल किसान महासंघले कृषकका पिरमर्का र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्ने तर्फ अग्रसर रहनु पर्दछ ।’ सभापति गौडेलले नेपाल किसान महासंघले किसानका मुद्दालाई अगाडी बढाउनु पर्ने तथा नेपाली कांग्रेस बाँके किसानका पक्षमा रहेको बताए ।
लुम्बिनी प्रदेश नेपाल किसान महासंघ अध्यक्ष रिता केसीले नेपाल किसान महासंघले सक्कली र नक्कली किसान छुट्टाउन सक्नु पर्ने बताउँदै भनिन्, ‘नेपालमा कागज मिलाउन सक्ने नक्कली किसानले अनुदान पाउने गरेको र सक्कलीलाई कसरी कागज मिलाउने भन्ने विषय थहा नहुदाँ अनुदानबाट बञ्चित हुन परेको देखिन्छ ।’
लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेशका रूपमा बिकास गर्नका लागि सम्पुर्ण किसानहरूले अर्गानिक मल एवं विउको उत्पादन गर्नु पर्ने बताउँदै अध्यक्ष केसीले अगाडि भनिन्, ‘हामीले रासायिनिक मल भन्दा पनि अर्गानिक मललाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेशका किसानलाई उत्पे्ररण दिनु पर्दछ, जसले गर्दा लुम्बिनी प्रदेशलाई नै अर्गानिक क्षेत्रका रूपमा विकास गर्न सकियोस ।’
कार्यक्रममा बोल्दै नव निर्वाचित नेपाल किसान महासंघ बाकेका अध्यक्ष लाहुराम थारुले किसानका विषयमा आउने सबै समस्याहरूलाई समाधानका लागि सक्रिय रहने बताउँदै भने, ‘हामीले किसानका मुद्धालाई समाधान गर्नका लागि पार्टीका नेता तथा पदाधिकारीहरूलाई अवगत गराउने एवं स्थानिय प्रशासनलाई ज्ञापनपत्र समेत दिने गरी कार्यक्रम बनाएर अगाडि बढ्ने छौ ।’
नेपाल किसान महासंघका नवनिर्वाचित सचिव महेन्द्र मल्ल ठकुरीले सहजीकरण गरेको घोषणा सभामा नेपाल किसान महासंघ बर्दियाका पूर्व अध्यक्ष महेन्द्र तिवारी, महिला संघ बाँके अध्यक्ष उमा थापा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि राजकुमार वर्मा, महासमिति सदस्य निरन्जन सिंह सिजापती लगायत शुभकामना दिएका थिए । यस्तै घोषणा सभामा नवनिर्वाचित नेपाल किसान संघका उपाध्यक्ष मो.याकुव अन्सारीले स्वागत मन्तव्य दिएका थिए ।