आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी

नेपालगन्ज । बैजनाथ-५ की आठ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । स्थानीय अन्दाजी ३५ वर्षीय प्रेम रावतलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

करिब ८/१० दिन अघि प्रेमको घरमा खेल्न गएकी ति बालिकालाई ललाइफकाइ पारि उनले करणी गरेको आरोप लागेको छ । प्रेमको श्रीमती घरभन्दा बाहिर घास दाउरा जानु भएको रहेछ,’ पीडित बालिकाकी आमाले भनिन्, ‘मेरो छोरी त्यही खेल्दै गर्दा अपराधिक क्रियाकलाप भएछ ।बालिका बिरामी पर्दै गएपछि मात्र यो कुरा बाहिर आएको हो ।

हामीलाई त्यो घटना थाहा थिएन,’ उनी भन्छिन्, ‘आँखा सुनिएको जस्तो भएको । खट्टा पनि खोच्याउन थालेपछि के भयो भनि सोधपुछ गरेका थियौं ।ति बालिकालाई आफू बलात्कारको सिकारमा परेको कुरा कसैलाई भनेकी थिएनन् । स्वास्थ्यमा समस्या हुँदै गएपछि हजुरआमालाई भने उक्त घटनाका विषयमा जानकारी गराएकी पीडित बालिकाकी आमाले जनाइन् ।

अहिले आरोपित प्रेमलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । शुक्रबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जनाए ।

Exit mobile version