भारत श्रावस्तीका जिल्ला पञ्चायत सदस्य धनञ्जय यादव मृत फेला परेका छन् ।
दुई दिनअघि आफ्नो घर श्रावस्तीको भिन्गाबाट राती ८ बजे निस्केपछि बेपत्ता उनको शव फेला परेको हो ।
यसअघि उनी बेपत्ता भएको भन्दै खोजीका लागि सूचना समेत जारी गरिएको थियो ।
भारत श्रावस्ती स्थित राप्ती नदीमा धनञ्जयको शवमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भिन्गामा राखिएको छ । धनञ्जयको मृत्यु रहस्यमय रहेको बताइन्छ ।
धनञ्जय बाँकेबाट पूर्व सांसद स्वर्गीय दिनेश चन्द्र यादवका छोरा हुन् ।