- सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद गोकुल बाँस्कोटाले सार्वजनिक लेखा समितिको सभापति परिवर्तन गर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने बताएका छन् ।
- लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा कुलपति समेत रहेका समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् ।
- चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ३८१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो ।
- राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले मिटरब्याजपीडितहरूलाई न्याय दिनका लागि त्यससम्बन्धी कानुन कार्यान्वयनमा जोड दिएका हुन् ।
- मकवानपुरको थाहा नगरपालिका-९ टुपीखेलको टुप्पामा १५ करोडको लगानीमा १९ हजार बल्बमा गोब्रे च्याउको उत्पादन गरिँदै आएको छ । ३९ जना च्याउ कृषकको सामूहिक प्रयत्नबाट ७ वर्षदेखि सञ्चालित ‘इन्द्रेणी मसरुम फार्म’ले गत वर्ष मात्रै ४ करोड १५ लाख मुल्य बराबरको च्याउ बिक्री गरेको छ ।
- संघीय संसद्को अर्थसमितिमा बोल्दै बैंकिङ कसुरसम्बन्धी विद्यमान ऐनलाई आवश्यकता अनुसार कही कसिलो र कही खुकुलो बनाएर व्यवहारिक बनाउन लागिएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
- नेपाली तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् । बाराबाट रक्सौल हुँदै झारखण्डको देवघर जल अर्पणका लागि गइरहेका तीर्थालु बोकेको बस आइतबार बिहान समस्तीपुरको मुसरीघरारी चोकमा दुर्घटनामा परेको हो ।
- गत १ साउनदेखि सञ्चालनमा आएको सरकारी डेटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्र पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्यामा परेको छ । सरकारले केन्द्रमा दरबन्दीअनुसार प्राविधिक जनशक्ति खटाउन सकेको छैन ।