- सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासमा विपक्षीहरुसँग लिखित जवाफ मात्र माग गर्ने आदेश दिएको छ ।
- नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य बन्न २०२ जनाको उम्मेदवारी परेको छ । पोलिटब्यूरो सदस्यमा पदाधिकारीका उम्मेदवारहरु पनि प्रतिस्पर्धी छन् । पदाधिकारी पराजित भएपनि पोलिटब्यूरो सदस्य निर्वाचित हुने अवसरका निम्ति दोहोरो उम्मेदवारी परेको हो ।
- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ । उनीहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।
- स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो ।
- प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी संविधान संशोधनबाट नभाग्ने बताएका छन् ।
- कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि हराइरहेका दुई स्पेनी पर्यटकमध्ये एक जनाको शव फेला परेको छ । अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएका थिए ।
- राष्ट्रिय स्वतन्त्र पार्टीे निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकले उनलाई हटाएको हो ।
- प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद्बाट २१ अर्ब विद्युत् महसुल उठाउने निर्णय गरे आफूले समर्थन गर्ने बताएका छन् ।