- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको अर्थ मन्त्रालयमा बसेको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।
- सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित गरेका हुन् ।
- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ । तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र जोगबुढा नदीको निरन्तरको कटानले बस्तीनै नदीमा समाहित हुने जोखिममा पुगेको हो ।
- सरकारले विभिन्न १७ मुलुकमा राजदूत सिफारिस गर्दा समानुपातिक र समावेशी सिद्धान्तविपरीत गरेको भन्दै जसपा, नेपालले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा जसपा, नेपालका सांसद राजकिशोर यादवले राजदूत सिफारिस समावेशी र समानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्था उल्लंघन गरिएको बताए ।
- सातबुँदे सहमतिको आधारमा बनेको एमाले र कांग्रेसको सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत नभएकोप्रति सत्तारुढ गठबन्धन कांग्रेसका सांसद अर्जुननरसिंह केसीले असन्तुष्टि व्यक्त गरेका छन् ।
- दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।
- उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न यहाँ आइपुगेका मन्त्री खड्काले यस्तो बताएका हुन् ।