बाँके कोहलपुर–नेपालगन्ज सडक खण्डको गनापुरमा बिहीबार बस दुुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, दाङ्गको तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा २७ जना घाइते भएको छ । घाइतेहरु मध्ये २१ जनाको भेरी अस्पताल नेपालगन्जमा, ५ जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा घाइते १ जना नेपालगन्ज मेडिकल कलेजमा उपचार पछि डिस्चार्ज भएका छन् ।
बसका चालकले बसको पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीलाई बताएका छन् ।
अनियन्त्रित बसले एउटा मोटरसाइकललाई पनि ठक्कर दिएको हुनसक्ने प्रहरीले बताएको छ ।
‘मोटरसाइकल र त्यसका चालकका विषयमा बुझिरहेको प्रहरीले बताएको छ ।
सकडमा पल्टिएको बस डोजरको मद्दतले सडकबाट साइडमा राखिएको छ ।