प्रदेश स्तरीय पार्टीका अगुवा नेताहरुलाई प्रशिक्षणका लागि शनिबार माओवादी अध्यक्ष दाहाल नेपालगन्ज आइपुगेका हुन् ।
प्रदेश स्तरमा पार्टी प्रशिक्षणलाई तिब्रता दिएको माओवादीले आइतबार नेपालगन्जमा छुट्टाछुट्टै दुई ठाँउमा जिल्ला तथा प्रदेश स्तरीय प्रशिक्षण गर्ने माओवादी नेतृ कृष्णा केसी नमुनाले जानकारी दिइन् । आइतबार बिहान अध्यक्ष दाहालले पत्रकार भेटघाट पनि गर्दैछन् ।