बाँके प्रहरीले दुई लाख बढीको भन्सार छलीको मालसामान मंगलबार बरामद गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको २ लाख २० हजार मूल्यको लत्ताकपडा तथा चप्पल बरामद गरेको हो ।
नेपालगन्ज–१० बाट प्रहरीले नियन्त्रणमा लिएको उक्त मालसामान आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार पठाएको प्रहरीले जानकारी दिएको छ । गत आइतबार पनि बाँके प्रहरीले ५ लाख ४९ हजार मूल्य बराबरको लत्ताकपडा लगायतका मालसामान नेपालगन्ज र जानकीबाट बरामद गरेको थियो ।