बेनिफिटनेस जीमखानामा तीज उत्सव

सजल गैरे

नेपालगन्ज स्थित बेनी फिटनेश जीमखानाले तिज उत्सव आयोजना गरेको छ । 

जीम खानामा प्रशिक्षार्थीका रूपमा नियमित व्यायामका लागि आउने ५० बढी महिलाहरूको सहभागितामा आयोजना गरिएको तिज उत्सवको औपचारिक कार्यक्रमको सञ्चालन सन्ध्या गैरेले गरेकी थिइन् ।

कार्यक्रममा जीम खानाका प्रशिक्षक अमृत गुरुङ्गले महिलाकै नेतृत्वमा प्रोपराइटर बिनि टण्डनले सञ्चालन गरेकाले बेनी फिट्नेशन महिला मैत्री जीमखाना रहेको बताए ।

प्रशिक्षक गुरुङ्गले एउटा महिला आफ्नो नियमित जीवनमा स्वस्थ रहन सक्छ भन्ने प्रशिक्षण आफुहरूले दिने गरेको बताए । तिज उत्सवमा दर सँगै नाचगानमा प्रशिक्षार्थीहरू रमाएका थिए ।

Exit mobile version