ब्राइटल्याण्डका विद्यार्थीले मनाए तिज

नेपालगन्ज स्थित ब्राइटल्याण्ड कलेजले विद्यार्थीहरूले बिहीबार तिज उत्सव मनाएका छन् ।

कलेजको आयोजनामा विद्यार्थीहरू बीच तिज गीत नृत्य सहित दरभोज गरेर तिज उत्सव मनाइएको हो । ‘विद्यालयले शैक्षिक क्षेत्रमा उच्च मानक राख्दै विद्यार्थीहरू बीच सिर्जनात्मक तथा मनोरञ्जनात्मक कार्यमा पनि प्राथमिकता दिंदै आएको’ कलेजले जानकारी दिएको छ ।

विद्यार्थीहरू बीच गरिएको तिज नृत्य प्रतियोगितामा निर्णायक सन्दीप श्रेष्ठ र सुन्दर गुरुङले दुई घण्टासम्म नृत्य अवलोकन गर्दै एकल तथा समूहगत नृत्यका सहभागीहरू बीचबाट उत्कृष्ट छनोट गरेका थिए । उनीहरूलाई कलेज व्यवस्थापनले नगद सहित पुरस्कृत गरेको थियो ।

कलेजमा स्थापना गरिएको बिएलसी मल्टिमिडिया हब समूहले विद्यार्थीहरू बीच विभिन्न सिर्जनात्मक कार्य गर्ने योजना अघि सारेको बताइएको छ ।

त्यसका लागि बिआइएम चौथो सेमेष्टकार विद्यार्थी सजल गैरे र अस्मिता जोशीको नेतृत्वमा बिएलसी मल्टिमिडिया हबले सूचना तथा सञ्चारलाई आधार बनाएर विद्यार्थीहरू बीच अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने घोषणा गरेको छ ।

कलेज व्यवस्थापनको उपस्थितिमा भएको तिज उत्सव बीच बिएलसी मल्टिमिडिया हबले विद्यार्थीहरूको मार्केटिङ्ग स्किलका लागि पनि काम गर्ने जनाएको छ । ‘विद्यार्थीहरूको सिर्जनशीलतालाई यसखालका अतिरिक्त क्रियाकलापले निकै ठूलो सहयोग पुर्याउँछ’, कार्यक्रमका प्रमुख अतिथि डा. राजेश केशर खनालले भने ।

Exit mobile version