पब्लिक स्पिच नेपालको सेमिफाइनल हुँदै

नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले देशको समृद्धिका लागि युवा पुस्ता अग्रसर रहनु पर्ने बताएका छन् । बास नेपालको आयोजनामा काठमाडौंमा शनिबार भएको पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाइनल उद्घाटन गर्दै मन्त्री शाहीले देश विकासका लागि सधैं युवाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका ह्न् ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य माननीय डाक्टर धवल शमशेर राणाले युवाहरुको बौद्धिक क्षमताको बिकासका लागि पब्लिक स्पिच नेपाल सार्थक हुने बताए । यस्ता कार्यक्रमहरुले लामो बोल्दा ठूलो भईन्छ भन्ने मानसिकता हटाएर तर्क सहित संक्षेपिकरण गरेर मन्तव्य व्यक्त गर्दा असल बक्ता भईन्छ भन्ने सन्देश पनि जाने उनले बताए ।

कार्यक्रममा ह्याण्डिक्याप ईण्टरनेशनलका राष्ट्रिय निर्देशक बिरेन्द्र ठगुन्ना, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्णायक समितिका संयोजक पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियम बारे जानकारी गराएका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देबिदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौं शाखा अध्यक्ष शकुन्तला शाहले गरेकी थिइन् ।

प्रतियोगिता तीन चरणमा गर्ने क्रममा बास नेपालले पहिलो चरण अडिसन राउण्ड सम्पन्न गरिसकेको छ । अडिसन राउण्डबाट १ सय ३ जना सेमिफाइनल राउण्डका लागि छनौट भएका थिए । अडिसन राउण्डको नतिजा भाद्र १७ गते आयोजकले प्रकाशन गरेको थियो ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुले शनिवार संघिय राजधानि काठमाण्डौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा भईरहेको सेमिफाईनल राउण्डका लागि सहभागिता जनाईरहेका छन् भने सेमिफाईनलबाट फाईनल लागि छनौट भएका प्रतियोगिहरु भाद्र २९ गते हुने फाईनल राउण्डमा सहभागि हुनेछन् ।

यसरी फाईनलबाट पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जना सहभागिले २५ हजारको कर्ण सकारात्मक अवार्ड प्राव्त गर्नेछन् भने ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने एक जना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडका, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक अनित बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गरिरहेको छ ।

Exit mobile version