शनिबार बाँकेमा निजामति सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा शनिबार विहान जिल्ला प्रशासन कार्यालय बाँकेबाट विभिन्न नारा लेखिएका ब्यार लिएर निस्किएको र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै भेरी प्राविधिक शिक्षालयमा सभामा परिणत भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाँके जिल्ला अदालतका न्यायधीश भिष्मराज प्रसाई थिए । कार्यक्रममा बाँकेका प्रमुख कोष नियन्त्रक मोहनसरण भण्डारी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बहादुर थापा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, भेरी अस्पतालका प्रमुख नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, बांकेका प्रहरी प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरी बलका बांके प्रमुख विमल डांगी, राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख ओम बहादुर खड्का अथिति रहेका थिए ।
कार्यक्रमका वक्ताहरूले २००७ सालको परिवर्तन पछि २०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन तथा नियमावली जारी गरेर व्यवस्थित रूपमा निजामती सेवाको जग राख्ने काम गरेको बताएका थिए । उनीहरूले हाल आएर आम जनतामा निजामति सेवाको छवी त्यती राम्रो हुन नसकेको बताए ।
‘जनता मालिक र कर्मचारीहरू सेवक भई सके पछि जनतालाई केन्द्र्र विन्दुमा राखेर सेवा प्रवाह गर्नुपर्छ’, कार्यक्रमका वक्ताले भने । मन्तव्यका क्रममा बाँके स्थित टे«ड यूनियनका पदाधिकारीहरूले संसदमा बिचाराधिन निजामती सेवा ऐन यथाशिघ्र जारी हुनु पर्ने, कर्मचारीहरूलाई दैनिक आवश्यकता धान्न पुग्ने खालको सेवा सुविधा दिनु पर्ने, उचित दण्ड पुरस्कार, नियमित बृति विकास, पूर्वानुमान योग्य सरुवा प्रणालीको व्यवस्था हुनु पर्ने, तिनै तहका सरकारले कानूनसम्मत चल्ने कर्मचारीतन्त्रमा अनुचित हस्तक्षेप गर्न नहुने जस्ता धारणा राखेका थिए ।
कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्दप्रसाद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा निजामती कर्मचारीहरूको आधिकारीक कर्मचारी ट्रेड यूनियनका अध्यक्ष चिरञ्जीबी पाण्डे, नेपाल निजामती कर्मचारी कर्मचारी संगठन बांकेका अध्यक्ष देबिलाल चौलागाई, नेपाल निजामती कर्मचारी कर्मचारी यूनियन बांकेका कार्यवाहक अध्यक्ष बेदेश्वर गौतम, राष्ट्रिय निजामती कर्मचारी कर्मचारी संगठनका भोज बहादुर रावलको उपस्थिति थियो ।
निजामती सेवा दिवसको पूर्व सन्ध्यामा भाद्र्र २० र २१ गते कार्यालय हाताको सरसफाई, उत्कृष्ट कर्मचारी पुरस्कृत, फलफूलका बिरुवा बृक्षारोपण, पहिलो सेवाग्राही सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।