मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्माणधिन मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई निर्देशन दिनुुभएको छ ।

सरोकारवासँगको छलफलमा मुख्यमन्त्री पाण्डेले मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएको भन्दै सहज रुपमा आवतजावत गर्ने गरी छिटो काम गर्न निर्देशन दिनुुभएको हो । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत प्राधिकरणका इकाई प्रमुख लगायतको उपस्थिति थियो । पुर्वीखण्डमा अहिले केही सहज भए पनि पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएको र कुनै समस्या भए सरकारले सहजीकरण गर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले कामको गति छिटो बनाउन निर्देशन दिनुुभयो ।

निर्माणाधि सडको पूर्वीखण्डमा ६४ प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम भएको छ । सरोकारवालाको छलफलले दोहोर कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ । अहिले स्थानीय तहपिच्छे रोयल्टी, करको दर फरक÷फरक हुँदा काममा समस्या भएको गुनासो निर्माण कम्पनीको थियो । सडक क्षेत्रमा पर्ने बिजुलीका पोल विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आवतजावत सहज बनाउने निणर्य बैठकले गरेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सेती नदीको पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक निर्माण गर्ने, निर्माण सामग्रीका बारेमा संम्बन्धित पालिकाले स्रोत जान्न पाउने लगायत पाँचवटा निर्णय भएको जनाइएको छ । छलफलमा निर्माण कम्पनीले अवको १५ महिनाभित्र काम सक्ने लक्ष्य लिएको जानकारी दिएको छ ।

Exit mobile version