शुल्कको विषयलाई लिएर आन्दोलित नेपालगन्ज मेडिकल कलेजका इन्टर्न डाक्टरहरू माग सम्बोधन भएको छ ।
इन्टर्न डाक्टरहरूले ३ लाख ४१ हजार रूपैयाँ शुल्क नियम विपरित लिएको भन्दै फिर्ता माग गर्दै आन्दोलित भएका थिए । यसअघि कलेज प्रशासन तथा व्यवस्थापनसँग चिकित्सा आयोगको शिर्षकमा नपर्ने शुल्क फिर्ता वा समायोजनका लागि गरिएको आग्रहको वेवास्ता भएको इन्टर्न डाक्टरहरूले बताएका छन् ।
शुल्क फिर्ताको लिखित सहमति नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका इन्टर्न डाक्टरहरूसँग कलेज व्यवस्थापनले लिखित सम्झौता गरेको बताइएको छ ।