कोहलपुरमा बन्ने भो क्यान्सर अस्पताल

कोहलपुरमा क्यान्सर अस्पताल बन्ने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले झण्डै १ अर्ब भन्दा बढि लगानीमा क्यान्सर अस्पताल बनाउन लागेको हो ।

शुक्रवारबाट त्यसको निर्माणका लागि औपचारिक थालिएको छ । क्यान्सर अस्पताल भवन निर्माणका लागि शिलान्यास तथा भूमि पूजन गरिएकोे छ । मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्याल, बोर्ड अफ डाइरेक्टर सुरेश कनोडिया र सञ्चालक डा. सन्तोष कुमार शर्माले संयूक्त रूपमा क्यान्सर अस्पताल भवनको शिलान्यास गरे ।

कार्यक्रममा मेडिकल कलेजका सञ्चालक अर्यालले करिब १ अर्ब भन्दा बढि लगानीमा क्यान्सर अस्पताल बन्ने बताए । यस भवनबाट अबको दुई वर्ष भित्रमै सेवा पाउने गरि काम अगाडी बढाइने योजना सुनाए । पश्चिम नेपालकै सर्वोत्कृष्ट भवन सहित गुणस्तरीय र प्रभावकारी सेवा दिने योजना उनले थियो । ‘शिक्षण अस्पताल कोहलपुरबाट हाल पनि क्यान्सर सम्बन्धी रोगको सेवा दिइरहेका छौं,’ उनले कार्यक्रममा भने, ‘त्यसलाई छुट्टै भवनबाट एकिकृत रूपमा सेवा दिन खोजेका हौं ।’

अस्पतालको स्तरोन्नती गर्ने क्रममा नीजि क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यस क्षेत्रका विरामीहरूलाई सुविधा सम्पन्न क्यान्सर अस्पतालको स्थापनाका लागि भवनको शिलान्यास गरिएको लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उपनिर्देशक श्याम कुमार शर्माले जानकारी दिए । ‘दुई वर्षभित्रै सक्ने गरि एक अर्ब लगानीको योजना हो,’ उप निर्देशक शर्माले दैनिक नेपालगन्जसँग भने ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, डा. कनोडिया लगायतले क्यान्सर अस्पतालको आवश्यकताबारे बोलेका थिए । थापाले पश्चिम क्षेत्रमा अत्याधिक सुविधा सम्पन्न भवन बनाउन लाग्दा निकै खुसी भएको भन्दै प्रोत्सहान र उर्जा दिनुपर्ने बताए । शिक्षा विभागले कहिले काँही सिट संख्या, भर्ना र शुल्कका विषयमा समस्या आउने गरेको गुनासो उनको थियो ।
शिलान्यास कार्यक्रममा मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार वि.एन, प्रिन्सिपल डा. अनुप शर्मा लगायत प्रोफेसर, डाक्टर, नर्स, पत्रकार लगायतको उपस्थित थिए ।

Exit mobile version