- कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडामा अत्यधिक विषादीको मात्रा भेटिएको छ । तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो ।
- विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं पछाडि हट्ने बताएका छन् ।
- महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरी नजिकै दाउरा निकाल्ने क्रममा शनिबार बिहान दुई किशोर बगेका हुन् ।
- प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले कम तौलका गहना बढी तौलको बिल बनाइ बन्धकी राखी ठगी गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
- माओवादीले प्रतिनिधिसभामा ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामखु देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेका थिए ।
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौं ३१ गते बजेट ल्याउने बताएका छन् शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।
- नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो ।
- हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो ।