नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनको नवौं र दशौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले दामोदर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष शिवराज बर्मा, सचिवमा अशोक बाबु दाहाल, कोषाध्यक्षमा महबुब अहमद कुरैशी, सहसचिवमा बुद्धि बहादुर ओली रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा राम कुमार प्रसाईं, अब्दुल वाहिद अन्सारी (बब्लु), मदनलाल जिसी, नविन घिमिरे, अंकित अग्रवाल, विकास भट्टराई , रविन्द्र गिरी रहेका छन् ।