देशमा आजः ८ बजे ८ खबर

  1. सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले बैठकमा पेश गरे । प्रतिवेदन प्रतिनिधिसभामा पेश गरे लगत्तै सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका छन् ।
  2. संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे प्रतिनिधिसभामा सोमबार जानकारी गराउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन् ।
  3. कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
  4. बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि निक्षेपका ब्याजदर घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले निक्षेपको ब्याजदर झनै घटाएका हुन् ।
  5. सोमबार काठमाडौंमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को ११औं साधारणसभामा भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक महिनाभित्रै भूमि आयोग गठन गर्ने बताएका छन् ।
  6. प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुआतमै धारणा राख्दै नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र यो विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताएका छन् ।
  7. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउने सम्बन्धी विधेयक मन्त्रिपरिषद्‍मा पुगेको जानकारी दिएका छन् ।
  8. बुटवल उद्योग बाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेपछि मुलुक निराशाबाट आशावादी यात्रामा अघि बढेको बताएका छन् ।
Exit mobile version