पेजरपछि वाकीटकी विस्फोटन, कम्तीमा २० जनाको मृत्यु

लेबननमा वाकीटकी विस्फोटन मा परेर कम्तीमा २० जना मारिनुका साथै ४५० जनाभन्दा धेरै घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरू पड्किएका थिए ।

यसअघि मङ्गलवार हिज्बुल्लाहका सदस्यहरूले एक आपससँग सञ्चार गर्न प्रयोग गर्ने ‘हाते पेजरहरू’ विस्फोटन हुँदा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको उक्त देशका स्वास्थ्यमन्त्रीले बताएका थिए ।

Exit mobile version