वैश्य समाजको स्वास्थ्य शिविर आज

कसौंधन वैश्य समाजले विभिन्न विशेषज्ञ सेवा सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

समाजका अध्यक्ष सन्तोष कुमार वैश्यले आज शनिबार समाजलाई स्वास्थ्य चेतनासँगै निःशुल्क उपचार सुविधा उपलब्ध गराउन विशेषज्ञ चिकित्सकहरूको सेवा सहितको स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए ।

‘यूरो सर्जन, अर्थपेडिक सर्जन, फिजिसियन, गाइनाकोलोजिष्ट र मृर्गौला फिजिसियनको प्रत्यक्ष सहभागितामा स्वास्थ्य चेकजाँच तथा परामर्शको सुनिश्चितता गरिएको छ’, अध्यक्ष वैश्यले कृपा अस्पतालसँगको सहकार्यमा निःशुल्क चिकित्सक जाँच शुल्कदेखि कतिपय
औषधी समेतको निःशुल्क उपलब्धता सुनिश्चित गरिएको जानकारी दिंदै भने, ‘अति विपन्न गरिब तथा वरिष्ठ जेष्ठ नागरिक सबैका लागि शिविरमा सेवा उपलब्ध गरेका छौं ।’

Exit mobile version