नरैनापुरमा आइतबार सार्वजनिक बिदा

नरैनापुर । नरैनापुर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । भारतको अध्योयामा सोमबार नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको अवसर पारेर नरैनापुरमा अघिल्लो दिन आइतबार शोभा यात्रा हुने भएकाले पालिकाले उक्त दिन सार्वजनिक बिदा दिएको हो ।

विश्व हिन्दु परिषद्को आयोजनामा आइतबार नरैनापुर-६ सोनबर्शादेखि राप्तीसोनारी-७ हुँदै वडा नम्बर १ कटकुइयासम्म शोभायात्रा हुँदैछ । यस अवसरमा पालिकाका अत्यावश्यकबाहेक गाउँपालिकाको कार्यालय र मातहतका सबै निकायमा सार्वजनिक बिदा दिइएको नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले जनाइन् ।

साथै आइतबार र सोमबार पालिका भरि कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछामासुको बिक्रीवितरणमा रोक लगाइएको छ । अध्योयामा नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका पूर्व सन्ध्यामा राम आस्थावान्हरुले नेपालगन्जका विभिन्न क्षेत्रमा शोभा यात्रा निकालेका छन् । नेपालगन्ज नाका हुँदै नेपाली भक्तजनहरु पनि अध्योया जाने भएकाले सीमामा थप सजगता अपनाइएको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज नवीन रिजालले जनाए ।

Exit mobile version