भेरी अस्पतालमा नयाँ भवनबाट शल्यक्रिया

भेरी अस्पतालले शनिवारदेखि नयाँ भवनबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । अस्पताल प्रमुख, डा. प्रकाश थापाका अनुसार, अत्याधुनिक शल्यक्रिया कक्षको बरिष्ठ अर्थोस्कोपी सर्जन प्रा. डा. अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गरेका हुन् ।

शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा. डा. जोशीले कार्यशालाका सहभागी अर्थोस्कोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए ।

अर्थोस्कोपी कार्यशालामा सहभागी हुन नेपालगन्ज आएको अवसरमा डा. जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. थापाले जानकारी दिए ।

घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय युवकको शल्यक्रिया गरेर प्रा. डा. जोशीले भेरीको नयाँ भवनको शल्यक्रिया कक्षको उद्घाटन गरेका हुन् । करिब एक घण्टा लगाएर गरिएको शल्यक्रियालाई अर्थोस्कोपी सर्जन तथा अर्थोपेडिक सर्जनले नजिकैबाट नियालेका थिए ।

Exit mobile version