बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ । सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले मङ्गलबार घोषणा गरेका छन् । बङ्गलादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलीनका उत्पादकहरूविरुद्ध कडा कारबाही गरिने बताउनुभयो । सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने उहाँले बताउनुभयो । सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सञ्चारमाध्यमले राष्ट्रव्यापी अभियानमार्फत जनचेतना जगाउने कदमसहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीहरूले बताएका छन्।
पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
- Dainik Nepalgunj
- Categories: World
Related Content
इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते
by
Dainik Nepalgunj
October 11, 2024
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
by
Dainik Nepalgunj
October 11, 2024
गाजास्थित मस्जिदमा भएको आक्रमणमा २१ जनाको मृत्यु
by
Dainik Nepalgunj
October 6, 2024
मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि
by
Dainik Nepalgunj
October 4, 2024
इरानद्वारा इजरायलमा मिसाइल आक्रमण
by
Dainik Nepalgunj
October 2, 2024