देशमा आजः ८ बजे ८ खबर

  1. प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन्
  2. खराब मौसमका कारण शुक्रबार हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।
  3. सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
  4. कोसी व्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट कोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको छ ।
  5. न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो ।
  6. जुम्लाका अधिकांश दुर्गम क्षेत्रका गर्भवतीहरु नजिकै प्रसूति सेवासहितको स्वास्थ्यसंस्था नहुँदा घरमै सुत्केरी हुने गरेका छन् । उनीहरू महिला स्वास्थ्य स्वयम्‌सेविका र सुँडेनीको भरमा सुत्केरी हुने गरेका हुन् ।
  7. अहिलेसम्म पनि बैंकविहीन रहेको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएको छ । गाउँपालिकाको प्रवेशमार्गमा रहेको पहिलो गाउँ धलौनमा एभरेष्ट बैंकले शाखा स्थापना गरी संचालनमा ल्याएको हो ।
  8. जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
Exit mobile version