प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० बाट दुई जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।
लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर, नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले राँझा स्थित लाल चन्द्र कामीको डेराकोठामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाईन्टको खल्तीबाट उक्त लागुऔषध ब्राउनसुगर फेला पारेको हो ।
प्रहरीले कोठा खानतलासीका क्रममा लागुऔषध व्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान–१ समेत फेला पारेको थियो ।
प्रहरीले लाल चन्द्र कामी र राहुल शुक्लालाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।