अहिंसाका लागि सचेतना र्याली

बडा दशैंको स्वागतमा बिहीबार निकालिएको एउटा र्यालीमा पशु बलि विरुद्ध अहिंसाको आव्हान गरिएको छ । ब्रह्मकुमारी इश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालको क्षेत्रीय कार्यालय नेपालगन्जले अहिंसाका लागि शान्ति सचेतना यात्रा आयोजना गरेको हो ।

राजयोग प्रशिक्षण केन्द्र हुँदै त्रिभुवनचोकबाट निकालिएको र्यालीमा क्षेत्रीय कार्यालयका उपप्रमुख ब्रह्मकुमारी मुना दिदीले अहिंसा शान्तिको स्थापनाको एउटा महत्वपूर्ण पक्ष भएकाले त्यसतर्फ सबैको ध्यान पुग्नुपर्ने आव्हान गरिन् । र्यालीमा अहिंसाका पक्षमा आव्हान गर्दै ब्रह्मकुमारी मुनाले पशुवध गरेर इश्वर खुशी नहुने बल्कि अमानवीय कदम हुने भएकाले सात्विक पर्व मनाउन अनुरोध गरेकी थिइन् ।

नेपालगन्जका विभिन्न ठाउँहुँदै बागेश्वरी मन्दिर घरबारीटोल हुँदै नगर परिक्रममा गरेको र्यालीमा असत्य तथा दुराचारीमाथिको सत्यको विजय, असुरी शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइएको नवरात्रको भव्य स्वागत गर्दै अहिंसा तर्फ मानवको ध्यानाकर्षण गराइएको थियो ।

‘अहिंसाले धर्मको रक्षा गर्छ, शान्ति स्थापनाका लागि सचेतना आवश्यक देखिएकाले अहिंसा, शान्ति सचेतना र्याली निकालिएको हो’, र्यालीमा सहभागी ब्रह्माकुमारी इश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालगन्जकी सदस्य खेमकुमारी न्यौपानेले भनिन् ।

ब्रह्माकुमारी इश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालगन्ज पर्व बीच विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

Exit mobile version