२२ लाख लगानीमा ड्रयागन खेती

रबिन्द्र घिमिरे

बाँकेको जानकी गाउँपालिकामा पनि ड्रयागन फुडको खेती सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय युवा पुस्ताले कृषीलाई त्यति महत्व नदिएपनि केही युवाहरू भने कृषिमै भविष्य खोज्न थालेका छन् ।

जानकी गाउँपालिकाका वार्ड नम्वर ४ का कमल बहादुर रानाले ३ वर्ष पहिला जानकी नहर चोक नजिकै आफनै १० कठ्ठा जमिनमा स्मृती ड्यागन फुडको फर्म सञ्चालनमा ल्याई ड्यागन फुडको खेती गर्दे आएका छन् । झन्डै २२ लाखजति लगानीमा खेती सुरु गरेको राना बताउँछन् । एक्लै समुहबाट ऋण लिएर धेरैले कृषि खेती गरेको देख्दा आफुले पनि ड्यागन फुडको खेती सफल होला भनेर सुरु गरेको रानाले बताए ।

सरकारबाट केही सहयोग हुन्छ कि भन्ने आफुले आशा र विश्वास लिएको तर अहिलेसम्म तिनै तहको सरकारबाट आफुलाई कुनै सहयोग नभएको उनी बताउँछन् । ड्यागन फुडको पेशा एकदमै राम्रो र बाह्रमासै हुने हुनाले युवाहरूलाई विदेश पनि जानुनपर्ने रानाको भनाइ छ ।

फर्ममा ड्रयागन फुड खरिद गर्न पुगेका अतुल बनवा भन्छन्, ‘खजुरामा मम्मीलाई औषधी उपचार गराउन आएको समयमा जानकीमा ड्यागन फुड बजारमा भन्दा सस्तो र ताजा पनि पाइने भन्ने सुनेर आएको हुँ ।’

आर्थिक वर्षमा कृषि पेशामा लागेका युवाहरूकलाई प्रोत्साहन गर्न योजना बनाएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ बताउँछन् । कृषिमा लागेका किसानहरूको सुविधाको लागि विजुलीको तार र पोल आफनै पालिकाबाट व्यवस्था गरेको अध्यक्ष खाँ बताउँछन् ।

Exit mobile version