बैकुण्ठधामलाई सांसदको साथ

डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्तीनदी किनारमा निर्माण गर्न लागिएको बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियानमा बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदहरुले साथ दिने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार सिधनियाघाट निर्माण अभियानका लागि गर्न लागिएको ज्ञान आध्यात्मिक महोत्सव सचिवालयमा गरिएको सांसदहरुसँगको अन्तरक्रियात्मक छलफलमा उनीहरुले बैकुण्ठधाम निर्माण कार्य महत्वपूर्ण भएकाले त्यसमा साथ दिने प्रतिबद्धता जनाएका हुन् ।

महोत्सव आयोजक मूल समारोह समितिका संयोजक डा. सुरेश कुमार कनोडियाको अध्यक्षतामा भएको छलफलमा सहभागी सांसदहरुले समग्र विकास निर्माण र अहिलेको अवस्थाबारे पनि आफ्ना धारणा राखेका थिए । ‘जनप्रतिनिधिहरुसँग निरन्तर छलफल, परामर्शबाट आयोजनालाई सबैको साझा बनाउन प्रयत्नरत् छौं’, महासचिव श्रीराम सिग्देलले लुम्बिनी प्रदेशका पूर्व मन्त्री भण्डारीलाल यादव, बादशाह कुर्मी, रत्न खत्री लगायतले अभियानमा सहयोगका लागि प्रेरित गरेको बताए ।

Exit mobile version