देशमा आजः ८ बजे ८ खबर

१.
एक महिनामै कर्जाको भारित औसत ब्याजदर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउन मसान्तमा ९.६८ प्रतिशत रहेको यस्तो ब्याजदर निरन्तर घट्दो क्रममा छ ।
२.
मुगु जिल्लाका पाँच वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि हवाई टिकट पाउनका लागि खेपिँदै खाएको शास्तीबाट मुक्ति पाउन सहज होला भन्ने सोचेका हुम्लावासीलाई सडक यात्रा पनि कष्टकर हुने गरेको छ।

३.
यसपालिको बडादसैँमा हुम्लामा साढे नौ करोडभन्दा बढी मूल्य बराबरका खसी-बोकाको ब्यापार भएको छ । खसीको बली बढी दिनुका साथै मूल्य पनि बृद्धि भएको कारण गतवर्षभन्दा यस वर्ष खसीको मूल्य बढी परेको हो ।
४.
भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर ३.८५ प्रतिशत कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि दर गत भदौको तुलनामा आधा खुम्चिएको हो । गत भदौमा उपभोक्ता मूल्यवृद्धिदर ८.१९ प्रतिशत थियो ।

५.
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुखलाई जिम्मेवारी नदिई वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर बिबादास्पद बनेका छन् ।
माओवादीबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिई नियम विपरीत वडाअध्यक्षलाई दिएर बिबादास्पद बनेका हुन्।
६.
चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
७.
जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।
८.
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा बडघार र भन्मान्सालाई कानूनी मान्यता दिने तयारी भएको बताएका छन् ।
मंगलबार एउटा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आफ्नो थारु, कमैया, हलिया, हरुवाचरुवाका सवालमा उल्लेखनीय कार्य गर्ने बताए

Exit mobile version