डडेल्धुरा ३०, असोजः डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । –––
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
- Dainik Nepalgunj
- Categories: News, मुख्य समाचार
Related Content
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
by
Dainik Nepalgunj
October 17, 2024
देशमा आजः ८ बजे ८ खबर
by
Dainik Nepalgunj
October 17, 2024
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
by
Dainik Nepalgunj
October 16, 2024
बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
by
Dainik Nepalgunj
October 16, 2024
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
by
Dainik Nepalgunj
October 16, 2024