कोहलपुर उवासंघ निर्वाचन : खस्यो १५ सय मत

कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन शनिबार गरिएको छ । प्रमुख निर्वाचन अधिकृत, वरिष्ठ अधिवक्ता लोक बहादुर शाहका अनुसार १ हजार ६ सय ८७ मत मध्ये १ हजार ४ सय ९५ मत खसेको छ ।

शान्तिपूर्वक भएको मतदान पछि शनिबार नै मतगणना सुरु गरिएको शाहले जानकारी दिए । उनका अनुसार, पहिलो चरणमा एशोसिएट तर्फको मतगणनामा राजेन्द्र प्रसाद रिजाल ४० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी दिपेश खनालले १५ मत प्राप्त गरेका थिए ।

४१ उम्मेदवार प्रतिस्पर्धी छन् । लोकतान्त्रिक र प्रगतिशिल गरी दुई समूहमा बाँडिएका उम्मेदवारले प्यानल सहित भोट मागेका थिए । यद्यपि, व्यवसायिक निर्वाचन भएकाले मतदाता भने स्वतन्त्र ढंगले मतदानमा सहभागी भएको प्रतिक्रिया दिइरहेका थिए ।

कोहलपुरको उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशील व्यवसायिक समूहको नेतृत्व अञ्जना धिताल र लोकतान्त्रिक व्यवसायी समुहको नेतृत्व प्रदीप भट्टराईले गरेका छन् ।

धितालको नेतृत्वको प्रगतिशील व्यवसायिक समूहबाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह–कोषाध्यक्षमा टंक खनाल उम्मेदवार छन् ।

त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कर्डेल, अस्मिता केसी, चक्रबहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अंकित सिग्देल, एकबहादुर खड्का, खगेन्द्र बहादुर शाही, कृष्ण रानाभाटको उम्मेदवारी रहँदा एसोसिएटतर्फ दिपेश खनाल चुनावी मैदानमा छन् ।

लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भट्टराईको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप–महासचिवमा
राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कडेल र सह–कोषाध्यक्षमा देविलाल सुनार चुनावी मैदानमा
छन् ।

यस्तै सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरधारी शर्मा, अशोक गौडेल, मानबहादुर बुढा र महिला सदस्यमा शीतल योगी चुनावी मैदानमा छन् । भने एसोसियटतर्फ राजेन्द्र रिजालको उम्मेदवारी छ ।
लोकतान्त्रिक प्रजातान्त्रिक समुहमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ । प्रगतिशील व्यवसायिक
समुहलाई नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले सर्मथन गरेको छ ।

Exit mobile version