‘बहुउद्देश्यीय सभागृहका लागि प्रयासरत् छौं’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बहुउद्देश्यीय सभागृह निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि जग्गा प्राप्ती गर्न सरकारसँग निरन्तर पहल गरिरहेको बताएका छन् ।

‘नेपालगन्ज उद्योग वाणिज्य संघको टोलीले प्रदर्शनी हल निर्माणका लागि प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएका छौं’, अध्यक्ष धामीले भने, ‘हाम्रो कार्यकालमा दुई वटा सरकारलाई त्यो कुरा पुर्याइसकेका छौं ।’ अवस्था प्रतिकुल नभएपछि प्रोसेशमा आफुहरू रहेको अध्यक्ष धामीले बताए ।

‘नेपालगन्ज उद्योग वाणिज्य संघले त्यो जग्गा पायो भने हामीले त्यसलाई सही व्यवस्थापन गरेर परिकल्पना गरे अनुसार हुनेछ’, अध्यक्ष धामीले भने ।

अध्यक्ष धामीले ५० बर्षका लागि लिजमा पाएको जग्गा पछि फिर्ता लिएको बताएका छन् ।

२०६४ सालमा मन्त्रीपरिषद्को निर्णयबाट नेपालगन्ज उद्योग वाणिज्य संघलाई सडक विभागको १० विगाह जमिन भोगाधिकारका लागि दिइएको थियो । संघले त्यहाँ बहुउद्देश्यीय सभागृह एवं प्रदर्शनी हल निर्माण गर्ने बताउँदै केही पटक सडक विभागमा मेला, महोत्सव समेत लगाएको
थियो ।

तर, भोगाधिकार दिएको दुई बर्ष पछि २०७६ सालमा मन्त्रीपरिषद् बैठकले भोगाधिकार रद्द गरी सडक विभाग नेपालगन्जकै नाममा जग्गा कायम गरेको थियो । जग्गा फिर्ता भएपछि संघले विरोध र जग्गाको प्राप्तीका लागि पहल गर्दै आएपनि अझै सफल हुन सकेको छैन ।

Exit mobile version