नेपालगन्ज वडा नम्बर ३ को वडा कार्यालय बन्द

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ को वडा कार्यालय आज बन्द हुने भएको छ । भारतको अध्योयामा आज हुने नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको अवसरमा ३ नम्बर वडा कार्यालय आज बन्द हुने भएको हो ।

हिन्दु धर्मावलम्बीहरुको आस्थालाई सम्मान गर्दै आज एक दिन कार्यालयको कामकाज बन्द हुने वडाध्यक्ष मोहम्मद अय्युब सिद्धिकीले जनाए । यसभन्दा अघि आइतबार नरैनापुर गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको थियो । श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा निकालिएको शोभा यात्रालाई भव्य बनाउन पालिकाले एक दिन सार्वजनिक बिदा दिएको थियो ।

Exit mobile version