बर्दियाबाट छुटेको बस दुर्घटना, दुईजनाको मृत्यु

नेपालगन्ज । बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ का भीमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१००५ख ९७१९ नम्बरको रात्रि बस लमही नगरपालिका-९ रिहार नजिकै जङ्गलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले बताए । डिएसपी मल्लका अनुसार भित्तामा बस ठोक्किँदा दुईजनाको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

Exit mobile version