जिल्ला प्रशासन कार्यालय बाँकेले हिन्दुहरूको पर्वका सम्बन्धमा अपिल जारी गर्दै कानुन विपरितका कार्यमा कारवाही गर्ने चेतावनी दिएको छ । नेपालीहरूको पर्व शुभ दीपावली, भाइटीका, म्ह पूजा, नेपाल सम्बत् र छठ पर्वलाई लक्षित गर्दै प्रशासनले त्यसक्रममा पर्व मनाउँदा कानुन विपरितका गतिविधि नगर्न आव्हान गरेको हो ।
‘आफ्ना चाडपर्व मनाउने क्रममा अरूका इच्छा र चाहना विपरितका क्रियाकलाप गर्ने र कानून विपरित गतिविधि गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र गैरकानूनी कियाकलाप नियन्त्रण गरी शान्ति, सुरक्षा कायम गराउने क्रममा प्रशासनलाई सहयोग गर्न’ प्रशासनले आव्हान गरेको छ ।
‘देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा एकापसमा भाइचारा र आत्मीयता अभिवृद्धि र आआफ्नो संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हुने गरी, अरूको धर्म–संस्कृति, मान्यता र परम्परामाथि ठेस नपुग्ने गरी सौहार्दपूर्ण तरिकाले मनाउने’, प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ, ‘देउसी, भैलो, नाचगान जस्ता कार्यक्रमहरू गर्दा सार्वजनिक शान्ति, सुव्यवस्था, यातायात र आवागमन तथा जनजीवनमाथि नकारात्मक प्रभाव नपार्नेतर्फ विशेष ध्यान दिने र राति १०ः०० बजेभन्दा अगावै सम्पन्न गर्ने ।’
प्रशासनले पटाका, आतिसबाजी, भुइँचम्पा जस्ता विष्फोटक तथा नियन्त्रित र निषेधित बस्तुको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न आव्हा नगरेको छ । साथै, प्लाष्टिकका माला, फूल तथा सजावटका सामान बिकी बितरण नगर्न प्रशासनले सूचित गरेको छ ।
‘सिट क्षमताभन्दा बढी संख्यामा यात्रु राखी, छतमा चढाई. झुण्डिन लगाई, मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउने, यात्रुहरूसँग बढी भाडा असूल गर्ने, दुव्र्व्यवहार गर्ने जस्ता अवाञ्छित गतिविधि नगर्ने÷नगराउने’, प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । दीपावलीको अवसरमा विजुली तथा मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्ने, अचानक आगलागी भएमा नजिकको सुरक्षा निकाय वा स्थानीय तहलाई खवर गरी नियन्त्रणमा लिन प्रशासनले आव्हा नगरेको छ ।
‘जुवा, तास, कौडा लगायतका पैसाको हारजित हुने खेल नखेल्ने÷नखेलाउने’, प्रशासनले भनेको छ, ‘बजारमा गुणस्तरहीन खाद्यान्न सामग्री बेचविखन र कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिजस्ता कार्य नगर्ने÷नगराउने ।’
‘उल्लिखित सूचनाको अवज्ञा गरी कुनै गतिविधि भए÷गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत जानकारी गराइन्छ’, प्रशासनले भनेको छ ।