चिसोका कारण गौशालामा रहेका १० गाई मरे

नेपालगन्ज । चिसोका कारण राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित बैंकटेश्वर गौशालामा रहेका १० वटा गाई मरेका छन् । उनीहरुको उचित स्याहार सुसार नहुँदा चिसोले ति गाई मरेका हुन् ।

केही गौशाला र कतिपय जंगलमै गाईहरुको मृत्यु भएको गौशालामा रहेका गाई रेखदेख गर्दै आएका शिवबहादुर डाँगीले जनाए । उनले भकारो निर्माण र चिसोमा गाईलाई तातो पानीको व्यवस्था हुनुपर्ने बताए । आर्थिक अभावमा गौशाला व्यवस्थित हुन सकेको छैन । अहिले उक्त गौशालामा करिब ८० देखि ८५ वटा गाई छन् ।

यस विषयमा पत्रकार कवीन्द्र परियारले गाईलाई रेखदेख गर्दै अएका शिवबहादुर डाँगीसँग गरेको कुराकानी ।

Exit mobile version