लुम्बिनी प्रदेश सरकारले महिला, दलित, अल्पसंख्यक र वातावरणीय अधिकार सम्बन्धी गरेका काम तथा नीतिगत व्यवस्थाबारे आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालसँग अन्तरसंवाद गरिने भएको छ ।
दैनिक नेपालगन्जले इन्सेक र डिसिए सँगको साझेदारीमा ‘मानवअधिकारका सवालमा अन्तरसंवाद कार्यक्रम’ गर्न लागेको हो ।