समयमै कर तिर्न आग्रह

आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले सबैले समयमै कर तिर्नु पर्ने बताएका छन् ।

कर सप्ताहका क्रममा नेपालगन्जमा आयोजित सञ्चारकर्मी तथा करदाताहरूलाई कर सचेतना तथा अभिमूखिकरण कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख न्यौपानेले समृद्विको आधार कर रहेकोले सबैलाई समयमै कर तिर्न आग्रह गरेका हुन् ।

कर प्रणाली झन्जिटिलो भएको भन्ने प्रश्नमा आन्तरिक राजश्व कार्यालयका प्रमुख न्यौपानेले नियमानुसार जाँदा झन्झटिलो नभएको बताए । उनले कर सम्बन्धी संवैधानिक, कानूनी र संस्थागत विषयमा जानकारीसँगै कर, भूमि कर, व्यवसाय कर, बाहाल कर लगायत अन्य शुल्क र दस्तुर निर्धारणको वारेमा जानकारी गराएका थिए ।

सञ्चारिका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रूपमा गहतराजको अध्यक्षतामा भएको कार्यक्रम द्योगी व्यवसायी एवं आम सर्वसाधरणलाई कर सम्बन्धि सचेतना जगाउन तथा संचारकर्मीलाई कर क्षेत्रमा पनि कलम चलाउन अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, संचारिक समुह बाँकेकी उपाध्यक्ष सरला सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version