नेकपा एमाले बाँकेले पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका पूर्व मन्त्री दुर्गा चौधरीलाई कारवाही गरेको छ ।
नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गका अनुसार, अनुशासन विपरित कार्य गरेकाले चौधरीलाई कारवाही गरेको बताएका छन् । उनले चौधरीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको जानकारी दिएका छन् ।
पार्टीलाई हानी नोक्सानी पु¥याउने मनसायका साथ केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुने गरी पार्टीका मूल्य मान्यता विपरीत सार्वजनिक रुपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने जस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८(३) र (४)० बमोजिम स्पष्टीकरण सोधिएकोमा कमिकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१(७) को अनुशासनको कारवाहीको व्यवस्था अनुरुप पार्टी सदस्यताबाट निलम्बन गरिएको जिल्ला अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा एमालेको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य चौधरी लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।