बैंकिङ्ग किस्तामा गहना

सुनका गहना नेपाली परिवारमा अत्यावश्यक जस्तो भैरहँदा कारोबारीहरू सहज उपभोक्तामाझ कसरतमा देखिन्छन् । त्यसक्रममा नेपालगन्जको पुरानो व्यवसायिक प्रतिष्ठान बालेमुन्ना बालेराम रामाशंकर ज्वैलर्सले गहनाका लागि बैंकिङ्ग सहुलियत किस्ताबन्दी सम्झौता गरेको छ ।

बाले मुन्ना बालेराम रामाशंकर ज्वैलर्सका प्रोपराइटर मिरा गुप्ताले नबिल बैंक सँग त्यसका लागि सम्झौता आदानप्रदान गरेको प्रबन्ध निर्देशक शत्रुघ्न गुप्ताले जानकारी दिए । ‘कुनै पनि उपभोक्ताका लागि आवश्यक सुनका गहनामा बैंकले १० लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने छ’, ३० प्रतिशत डाउन पेमेन्टमा बैंकले उक्त ऋण उपलब्ध गराउने जानकारी दिंदै प्रबन्ध निर्देशक गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘सेवाग्राहीले १० बर्षसम्म उक्त सहुलियत ऋणको किस्ता बुझाउने सुविधा उपभोग गर्न सक्नेछन् ।’ त्यसका लागि बैंकले १० प्रतिशत मात्रै बार्षिक ब्याजमा सहुलियत ऋण उपलब्ध गराउने गरी बाले मुन्नाबाले रामाशंकर ज्वैलर्स सँग नबिल बैंकले सम्झौता गरेको प्रबन्ध निर्देशक गुप्ताको भनाइ छ ।

‘मुख्यगरी विवाह उत्सवमा अति आवश्यक पर्दा समेत सुनका गहना खरिद गर्न रकम अभावले परेको समस्या टार्न हामीले यो उपाय गरेका हौं’, सुन व्यवसायी गुप्ताले आर्थिक मन्दीका कारण व्याप्त बजारलाई चलायमान बनाउन पनि इएमआई सिष्टमबाट गहनाको उपलब्धताले राहत पुग्ने विश्वास व्यक्त गर्दै भने । उनका अनुसार, सम्झौता गरिएको बैंकमा जुनसुकै शाखामा खाता खोलेका सेवाग्राहीलाई यो सुविधासँग जोडिएको छ ।

Exit mobile version