खजुरामा मेयर कप : जनता र जनसेवाले जिते चार स्वर्ण

बाँकेको खजुरामा भैरहेको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन सकिदा जनसेवा मावि पुरैना र जनता मावि बठवाले समान ४ इभेन्ट्समा स्वर्ण पदक जितेका छन् ।
सोमबार भएको माध्यमिक तह १५ सय मिटर दौडमा जनता नमुना माविका रावल धौलाकोटी प्रथम भएका छन् ।
खजुरा–२ शुक्र रंगशालामा भैरहेको प्रतियोगिताको सोही इभेन्टस्मा ज्ञानोदय नमुना मावि ओम पुरी दोस्रो र अमर मावि गौतवस्तीका सुमन सुनार तेस्रो भए । माध्यमिक तहको सटपटमा ज्ञानोदयका प्रसुन गुरुङ पहिलो, धु्रवतारा विद्या मन्दिरका सुरेन्द्र सुनार दोस्रो र जनता नमुनाका विजय खड्का तेस्रो भएको छैटौं मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० का संयोजक माधव शर्माले बताउनु भयो ।
यसैगरी माध्यमिक तहको १ सय मिटर दौडमा आदर्श मावि डि गाउँका सुदिप विक प्रथम, ज्ञानोदयका चन्द्र शेखर सुनार दृतिय र योगिनी मावि गौघाटका मोहन बुढा तृतिय भए ।
माध्यमिक तहको छात्रा १५ सय मिटर दौडमा जनसेवा मावि पुरैनाकी दिविया घर्ति पहिलो, आदर्श माविकी अस्मिता थापा क्षेत्री दोस्रो र ज्ञानोदयकी विष्णु बुढा तेस्रो भईन । माध्यमिक तहको सटपटमा जनताकी बिपना कुमारी विक प्रथम, ज्ञानोदयकी सुस्मा वादी दोस्रो, जनसेवाकी पुष्पा कामी तेस्रो भईन् । माध्यमिक तहको १ सय मिटर दौडमा ज्ञानोदयकी सरस्वती माहुत पहिलो, जनताकी प्रेरणा ददेल दोस्रो र जनसेवाकी अन्जु कवर तेस्रो भइन । छात्रा ४ गुणा ४ सय मिटर माध्यमिक तहको रिले दौडमा जनसेवा पहिलो, ज्ञानोदय दोस्रो र जनता माविको टिम तेस्रो भयो ।
निम्न माध्यमिक तह लङजम्पमा जनताका अहेमद रजा दर्जी पहिलो, अमर माविका डम्बर बहादुर विक दोस्रो र जेनिथका मतिउर रहमान खाँ तेस्रो भए ।
निम्न माध्यमिक सटपटमा जनसेवाका नितेश टमटा पहिलो, गुराँस चाइल्डहुडका रिसत तिमिल्सिना दोस्रो र नेरा मावि मनकामनाका प्रदिप घर्ति तेस्रो भए । निम्न माध्यमिक तह १ सय मिटर दौडमा जनता मावि बठवाका अहमद रजा दर्जी पहिलो हुँदा शुक्र माविका टिकाराम पाण्डे दोस्रो र जनता माविका अतित सुनारले तेस्रो स्थान प्राप्त गरे ।
निम्न माध्यमिक तह लङजम्पमा योगिनी मावि गौघाटकी प्रशंसा विसी प्रथम, जनता माविकी बिनिसा बिसी दोस्रो र अमर माविकी बिनिता पुलामी मगर तेस्रो भइन ।
यसैगरी निम्न माध्यमिक तह सटपटमा इन्टिग्रेटेड एकेडेमीकी जिज्ञासा राना पहिलो, जनताकी वर्षा थापा दोस्रो र जनसेवाकी काजल विक तेस्रो भईन । १ सय मिटर दौडमा नेरा मावि बलभद्रपुरकी रेनुका खड्का पहिलो, शुक्रकी दिप्ती भण्डारी दोस्रो र अमर माविकी बिनिता पुलामी मगर तेस्रो भए ।
प्राथमिक तहको लङजम्पमा भानु माविका इसराइल नाउँ पहिलो हुँदा जनताका अकमल खाँ दोस्रो र जनताका प्रशान्त सुनार तेस्रो भए । प्राथमिक तह १ सय मिटर दौडमा जनता जनता मावि बठवाका आवदिन खाँ पहिलो, जनकल्याण मावि शान्तिनगरका लक्ष्मण चदारो र भानु माविका इस्माइल नाउँ तेस्रो भए । प्राथमिक तहको ४ गुण ५० मिटर रिलेमा जनता मावि पहिलो, योगिनी मावि दोस्रो र जनता मावि सन्तकुटी तेस्रो भयो ।
प्राथमिक तह लङजम्पमा मनकामना माविकी रेखा विक पहिलो, जनसेवा मावि पुरैना गिजराकी सुनैना थारु दोस्रो र ज्ञानोदयकी लक्ष्मी मंगता तेस्रो भईन । १ सय मिटर दौडमा नेरामावि धौलागिरीकी सहरन खान पहिलो, भुपु सैनिकी जेयाना थापा दोस्रो र मनकामना मावि बलभद्रपुरकी रेखा विक तेस्रो भईन । प्राथमिक तह ४ गुणा ५० मिटर दौडमा जनसेवा मावि पहिलो, ज्ञानोदय मावि दोस्रो र नेराआधारभुत धौलागिरी तेस्रो भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भैरहेको प्रतियोगिता माघ १० गते सम्म चल्नेछ ।
प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ७९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा भैरहेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
१५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको मावि तहमा भलिबल, कबड्डी, चेस र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ । एथलेटिक्सको ट्रयाक अन्तर्गत १०० सय मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर र ३००० मिटर, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले दौड समावेश गरिएको छ । फिल्ड तर्फ हाइजम्प, लङजम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपट खेल समावेश गरिएको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले बताउनु भयो ।
आधारभुत तह(कक्षा ५–६) मा एथलेक्सको १०० मिटर, ४ गुणा १०० मिटर र ८०० मिटर दौड, फिल्डमा लङजम्प र सटपट खेल समावेश गरिएको छ ।
आधारभुत तह(कक्षा १–५) सम्म ४ गुणा ५० मिटर रिले, १०० मिटर दौड, लङजम्पमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।
यसैगरी चेस प्रतियोगितामा खजुरा गाउँपालिकाभित्र रहेका विद्यालयहरुबाट एक–एक जना छात्र–छात्राहरुको सहभागिता रहने छ ।

Exit mobile version