भन्सार छलीको सामान बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलीको मालसामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

प्रहरीका अनुसार, नेपालगन्ज–१५ स्थित जमुनाहमा सज्जाद भन्नेको घरबाट कुर्ता सुरवाल, धोती र मोजाहरु बरामद गरिएको हो । भन्सार छली गरी मालसामान भण्डारण गरेको सूचनामा प्रहरीले कारवाही गरेको जनाएको छ । पुस ५ गते बरामद सालसामान आज आइतबार भन्सार दाखिला गरेको प्रहरीले जनाएको छ ।

Exit mobile version