वैदेशिक यात्रा : वडाबाटै सचेतनाका लागि ‘यात्रा परामर्श’

भजिट भिसामा द्वन्द्वग्रस्त मुलुक पुग्ने र जोखिममा पर्ने क्रम बढेपछि सरकारले वडा स्तरबाटै त्यसको सचेतना कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । पछिल्लो समय रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएका नेपालीहरू मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपप्रधानमन्त्री तथा गृहमन्त्री स्तरको गत माघ ८ गतेको निर्णय अनुसार स्थानीय तहमा सचेतनामूलक कार्यक्रमका लागि पत्राचार गरेको हो । मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवि नेपालले यात्रा परामर्श सम्बन्धी सूचना कार्यार्थ स्थानीय तहमा पठाएका हुन् ।
भिजिट भिसा लगायत अन्य भिसामा विदेश गई द्वन्द्वग्रस्त मुलुक पुग्ने, भिजिट भिसामा गई गैर कानुनी रूपमा काम गर्ने, श्रम शोषण लगायतका अन्य शारीरिक, मानसिक शोषणमा पर्ने, विदेशमा अलपत्र पर्ने लगायतका समस्या बढेको भन्दै अध्यागमन विभागले वडास्तरसम्म सचेतना कार्यक्रम सञ्चालन गरी नगारिकलाई जानकारी गराउन अनुरोध गरेको हो ।
मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपालीहरूलाई यात्रा परामर्श सूचना जारी गर्दै भिजिट तथा पर्यटकीय भिसामा गएर
विदेशमा काम गर्नु गैर कानुनी भएको बताएको छ । त्यसरी विदेश पुगी काम गर्दा सम्बन्धित देशको कानुन अनुसार कारवाही हुने तथा विभिन्न समस्या झेल्नुपर्ने तर्फ मन्त्रालयले सचेत गराएको छ ।
भिजिट तथा नक्कली भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुठा िववरण तयार गर्ने, भिसाको उद्देश्य विपरित एक देशको गन्तव्य भनि अर्को देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुक पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति आफै जिम्मेवार हुने चेतावनी मन्त्रालयले दिएको छ ।
तीन लाख बढी विदेशिए
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को ६ महिनामा नेपालबाट वैदेशिक रोजगारीका लागि ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका छन् । उक्त संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको हो ।
रोजगारीका लागि विदेशिने मध्ये गन्तव्य मुलुक यूएई बढी छ । यूएई जाने नेपालीको संख्या ८४ हजार ८ सय ५५ रहेको छ ।
गत असोज तेस्रो साता हमास विद्रोहीले इजरायलमा आक्रमण गरे । जवाफमा इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ । यो युद्ध क्रममा २२ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेको तथ्यांक आइसकेको छ । युद्धमा १० नेपालीले ज्यान गुमाएका थिए । दुई देशको द्वन्द्वबीच इजरायलमा नेपालीको आकर्षण भने घटेको छैन । यो वर्ष ६ महिनामा
३ सय १७ नेपाली श्रम स्वीकृति लिएर इजरायल गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार, वैदेशिक रोजगारीमा गएका मध्ये आर्थिक वर्ष २०७५÷७६ मा ७ सय ५३ र २०७६÷७७ मा ६ सय ८० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा मृत्यु हुनेको संख्या बढेर १ हजार २ सय ७५ पुगेको छ । २०७८÷७९ मा १ हजार ५ सय ९ र आर्थिक वर्ष २०७९÷८० मा १ हजार २ सय ८ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Exit mobile version