भेरी वातावरणीय विशिष्टता (बी) ग्रुपले बाँकेको राप्तीसोनारी गाउँपालिकामा सार्वजनिक सुनुवाई गरेको छ ।
कृषि पर्यावरणीय क्षेत्रमा दिगो जिविकोपार्जनका लागि विपद र जलवायु परिवर्तन उत्थानशितला प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको बी ग्रुपले त्यसबाट हासिल भएको उपलब्धीले स्थानीयलाई राहत अनुभव भएको छ ।
सो अवसरमा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले दोहोरो सुविधा प्राप्त गर्ने परम्पराको अन्तय हुनुपर्नेमा जोड दिदै यसबाट लक्षित समुदायले मात्रै लाभ पाउनुपर्ने बताउनुभयो ।
उहाँले कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन आग्रह गर्दै गाउँ गाउँमा नमूना काम भएको बताउनुभयो ।
भेरी वातावरणीय विशिष्टता (बी) गु्रपका उपाध्यक्ष मिरा खनालले परियोजनाबाट धेरै समुदाय लाभावन्वित भएकोमा जोड दिदै कार्यक्रम सञ्चालनका क्रममा भएको कमजोरीलाई सुधार गर्दै लैजाने बताउनुभयो ।
भेरी वातावरणीय विशिष्टता (बी) गु्रपका परियोजना संयोजक भुवन कार्किले राप्तीसोनारी गाउँपालिकामा सञ्चालन भएको कार्यक्रमको विस्तृत जानकारी दिदै समुदायले यसबाट लाभ लिइरहेको बताउनुभयो ।
राप्तीसोनारी २ को शसक्तीकरण उजेली महिला समूहकी उपाध्यक्ष द्रुपति थारुले आइपिएम विधिमा तरकारी खेती गरेर फाइदा लिएको जानकारी दिदै परियोजनाले खेती प्रणालीमा नयाँ विधि अवलम्वन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मैले लगाएको भिन्डी बेचेर मेरो छोरीलाई पढाएको छु ” यस बाहेक पनि विभिन्न समूहमार्फत भएका कामका वारेमा जानकारी दिइएको थियो । परियोजनाले बीउ विजन वितरण, तरकारी खेती, बाख्रा पालन लगायतका कार्यक्रम गर्दै आएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन परियोजनाका प्रकाश उपाध्यायले गर्नुभएको थियो ।