तपाई पाँच मिनेटको ‘बाइक राइड’ मा कहाँ पुग्नुहुन्छ ? ढिलोमा कहाँ, छिटोमा कहाँ पुगेको सम्झना गर्नु भएको होला ? नेपालगन्जका मुश्रीत खान भने ५ मिनेट १८ सेकेन्डमा शनिवार नेपालगन्जको न्यूरोडमा सय मिटर दूरी पार गरे त्यो पनि नरोकिएरै ।
खानले निर्धारित १०० मिटरको दुरी ५ मिनेट १८ सेकेन्डमा पार गरेवापत १५ हजार नगद पुरस्कारसमेत हात पार्न सफल भए । ‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवस्य पुगिन्छ’ भनेझै सडकमा सधै हतारिने युवा पुस्तालाई खानले सन्देश दिए, ‘नआत्तिएर जान सके पुरस्कार पनि पाउन सकिन्छ ।’
बास नेपालले बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि यस खालको प्रतियोगिता गर्द आएको छ । शनिवार आयोजित नेपालगन्ज स्लो वाइक प्रतियोगिताको पाचौं संस्करण हो ।
नेपालगन्जको न्यूरोडमा भएको पाचौं नेपालगन्ज स्लो बाइक प्रतियोगिता २०८१ को उपाधी मुश्रीत खानले हात पारेका हुन् ।
५४ बढी प्रतिष्पर्धीलाई अगाडी पठाएर विस्तारै मोटरसाइकल चलाएका खानले ५ मिनेट १८ सेकेन्डमा निर्धारित सय मिटरको दूरी पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगिताको बिजेता भएसँगै खानले नगद रु. १५ हजार र प्रमाण पत्र हासिल गरे ।
प्रतियोगितामा दोश्रो र तेस्रो स्थान क्रमशः दिपक यादब ४ मिनेट ४१ सेकेण्ड र नरेन्द्र कुर्मी ४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै हासिल गरे । भने, महिला तर्फ दिक्षा बुढाक्षेत्री ३ मिनेट ५ सेकेण्डमा पार गर्दै हासिल गर्न सफल भएका छन् । दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. १० हजार, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको पुरस्कार तथा प्रमण पत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्धिन राईले सवारी दूर्घटना न्यूनीकरणका लागि गरिएको स्लो बाइक प्रतियोगिताले युवाहरुलाई सचेत र सजग गराउने बताए । उनले नेपालगन्ज उपमहानगरपालिकाले समेत सवारी दूर्घटना न्यूनीकरणका लागि कार्य गरिरहेको बताउदै बासले उक्त अभियानलाई सघाएको बताए ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीकोे अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायकको भूमिका ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रबिण आचार्य, मुख्य प्रायोजक एमएस टे«ड इन्टरनेशनलका प्रबन्ध निर्देशक माधब अर्याल र बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले प्रतियोगिताको सहजीकरण गरेका थिए । यसखालको आयोजनाले पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्था बाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गरेको विश्वास आयोजकले लिएको छ ।