राप्ती पुल निर्माण तिव्र

बाँकेको राप्तीनदी सिधनियाघाट पुलको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । यो पुलको निर्माण संगै राप्तीपारीका जनताहरूको मुहार फेरिने आशा गरिएको छ ।

बाँकेको राप्तीनदी सिंधनियाघाट पुलको निर्माण कार्य थालिएसंगै राप्तीपारीका राप्तीसोनारी र नरैनापुरका जनताहरूको बर्षौदेखिको सपना पूरा हुने भएको छ ।

हुलाकी सडक योजना कार्यालय नेपालगन्जको आयोजनामा यो पुल निर्माण गर्न लागिएको हो । भ्याट सहित १ अर्ब १९ करोड लागतमा सात सय मिटर लामो, ११ मिटर चौडाई र १ दशमलब ७५ मिटर फूटपाथ रहनेगरि राप्तीनदी सिंधनियाघाट पुल निर्माण हुन लागेको हो ।

२०७९ असार ५ गते सम्झौता भर्इ २०८३ असार ३ गते सम्पन्न्न गर्ने निर्माण कार्य थालिएको यो पुलको ९० प्रतिशत फाउण्डेसनको कार्य सम्पन्न भैसकेका छ भने बाँकी १० प्रतिशत अन्तरगत राप्तीनदीको बीचमा र छेउमा दुईवटा फाउण्डेसन बनाउने कार्य मात्र बाँकी रहेको निमाण कम्पनी लुम्बिनी रौताहा बन्धन भगवती जेभीले जनाएको छ । कम्पनीका अनुसार तन्काउन मिल्ने ढलानको ६१ मिटरको स्ल्याप बक्स ११ वटा निर्माण गर्नुपर्नेमा यो आर्थिक बर्षमा ५ वटा स्ल्याप बक्स निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ ।

निर्माण कम्पनीले राप्तीनदी पुलको १४ वटा फाउण्डेसन मध्ये १२ वटा फाउण्डेसन निर्माण भैसकेकाले निर्माण कम्पनीलाई गतबर्षकै रकम तिर्न नसकिएकाले यो बर्ष गरेको कामको भुक्तानी दिन नसक्ने अवस्था आए निर्माण कार्य रोकिन सक्ने हुलाकी सडक योजना कार्यालय नेपालगन्जका योजना प्रमुख ईन्जिनियर लिलाबहादुर भण्डारी बताउँछन् ।

नेपाल सरकारले गतबर्षकै १५ करोड भुक्तानी दिन नसकेकाले यो बर्ष ९ करोड बराबरको दुई वटा स्पाम सम्पन भयो भने यसको भुक्तानी आउनेमा शंका रहेको भन्दै यसका लागि राज्यले समयमै ध्यान दिनुपर्ने लुम्बिनी रौताहा बन्धन भगवती जेभीका ईन्जिनियर राजेश पटेल बताउँछन् । उनले हालसम्म २९ प्रतिशत कार्य सम्पन्न भैसकेकाले राज्यले समयमै भुक्तानी दिन सके निर्माण सम्झौताको ६ महिना अगाडी नै पुलको सबै कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेकाले यदी राज्यले समयमै भुक्तानी दिन नसके निर्माण कार्य नै रोकिन सक्ने बताए ।
पुल निर्माणमा लाग्ने डण्डी, सिमेन्ट, तार र डिजल खरिद गर्न नगद नै आवश्यक पर्ने हुँदा उधारोमा काम चलाउन निर्माण कम्पनीलाई अप्ठ्यारो पर्ने सम्बद्ध बताउँछन् ।

Exit mobile version