युवा कवि, गीतकार मणिदेव अर्याल ( मणिरत्न) का शब्द मालाको संगालो ‘मेरो सुन्दर संसार’ गायक नरेन्द्र प्यासीको सुमधुर स्वरमा सजिएर शुक्रवार सार्वजनिक भएको छ ।
मणिरत्नका शब्द ‘मेरो सुन्दर संसार’ मा प्रभात सुवेदीले दिएको संगीत सिर्जनालाई निर्देशक हरिशरण रिजालले म्यूजिक भिडियोका रुपमा पस्किएका हुन् । गीतकार मणिरत्न आफैपनि कलाकारको भूमिकामा देखिएको ‘मेरो सुन्दुर संसार’को म्यूजिक भिडियोमा निर्देशक रिजालसँग आरती आचार्यले मुख्य भूमिका खेलेकी छन् ।
झण्डै दर्जन गीत रेकर्ड गराइसकेका मणिरत्नले ७ वटा गीतलाई म्यूजिक भिडियो बनाइसकेका छन् । ‘लेख्ने क्रमलाई पनि तिब्रता दिइरहेको छु,’ गीतकार मणिरत्नले दैनिक नेपालगन्जसँग भने, ‘दर्शक स्रोताको रेस्पोन्सका आधारमा यसलाई गति दिने हो ।’
महेन्द्र पुस्तकालयका सचिव मणिरत्नका निवन्ध संग्रह कुटी र फिर्ती उपन्यास प्रकाशित छन् ।