माओवादीका पूर्वलडाकु कमान्डर गिरफ्तार

नेपालगन्ज । माओवादीका पूर्वलडाकु कमान्डर जीतमान पुन (मार्शल) प्रकाउ परेका छन् । पाँच दिन अघि उनलाई रुकुम पूर्वबाट खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो ।

उनी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । अहिले उनलाई डिल्लीबजार कारागारमा राखिएको छ । उनी भूमिगत भइसकेपछि २०५३ मा चरेश ओसारपसार गरेको आरोपमा मुद्दा चलाइएको थियो । २०७२ मा जिल्ला अदालत दाङले उनलाई दुई वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी २०७४ मा रुकुम पूर्वबाट नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएका थिए ।

उनको प्रकाउपछि नेकपा माओवादीका कार्यकर्ताहरुसमेत असन्तुष्ट बनेका छन् । जनयुद्धमा त्याग र योगदान गरेका सिधासाधा कार्यकर्ताहरुलाई शीर्ष नेतृत्वले संरक्षण नगरेको उनीहरुको आरोप छ ।

Exit mobile version